मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

महिला U-20 नेपाली टोलीले आगामी अवसरका लागि मूल्यवान अनुभव लिएर स्वदेश फर्कियो

एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेल्दै नेपाली टोली आज स्वदेश फर्किएको छ। आइतबार भएको समूह ‘ए’ अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग ११–० को ठूलो हार व्यहोरेको थियो।

हिजो भूटानको थिम्पुमा रहेको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै नेपालमाथि दबदबा देखाएको थियो। यस छनोटमा नेपालले कुल ३ खेल खेलेर ४ अंक मात्रै जोड्न सफल भयो।

नेपालले पहिलो खेलमा भूटानसँग १–१ को बराबरी खेल्दा, दोस्रो खेलमा साउदी अरेबियासँग १–० को जित हात पारेको थियो। समूहमा सबै ३ खेल जितेर ९ अंक जोडेको उत्तर कोरिया समूह विजेता बनेर अर्को वर्ष थाइल्यान्डमा आयोजना हुने एशियन कपमा छनोट भएको छ।