मकवानपुर – बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्। उहाँले उक्त राजीनामा उपसभामुखलाई पेश गर्नुभएको हो।
पाठकले भदौ २३ गते ‘जेन–जी’ समूहद्वारा आयोजित भ्रष्टाचारविरोधी आन्दोलनमा सुरक्षा निकायबाट भएको अस्वाभाविक बल प्रयोगका कारण युवाहरूले ज्यान गुमाउनुपरेको घटनापछि आफू गहिरो पीडामा परेको बताएका छन्। उहाँका अनुसार, राष्ट्र कठिन परिस्थितिमा रहँदा नागरिकको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा निरन्तर रहनु उचित नहुने महसुस भएको हो।
भदौ २४ गते नै राजीनामा दिने घोषणा गरिसकेका पाठक राप्रपाको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेका थिए।

