मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

नेप्से ३१.१७ अंकले घट्यो, दुई दिनमा झन्डै ७० अंक ओरालो

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ। नेप्से आज ३१ दशमलव १७ अंकले ओरालो लागेको छ। अघिल्लो कारोबार दिन बिहीवार नेप्से ३८ अंकले घटेको थियो। यसरी दुई दिनमा नेप्से झन्डै ७० अंकले तल झरेको छ।

आज सबै समूहको शेयर ओरालो लागेको छ। विशेष गरी विकास बैंक समूहको शेयर १ दशमलव ५९ प्रतिशतले घटेको छ। २ सय २८ कम्पनीको शेयर घट्दा २१ वटा कम्पनीको शेयर बढेको छ भने एउटाको स्थिर रहेको छ।

आज ग्लोबल आईएमई समुन्नत योजना–२ को शेयर १० प्रतिशतले घटेको छ। तर, बजार घटेको दिन उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर ६ दशमलव ७७ प्रतिशतले बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बिहीवार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आज ३ सय २१ कम्पनीका १ करोड ४८ लाख कित्ता शेयर ६ अर्ब ६ करोड रुपैयाँमा किनबेच भएका छन्।