मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सेयर बजार २६०० विन्दु पार, ६ अर्ब २८ करोडभन्दा बढीको कारोबार

नेपालको सेयर बजार साताको पहिलो दिन उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३९.९२ अंकले बढ्दै २६०० विन्दु पार गर्‍यो, जससँगै बजारमा उत्साह बढेको देखियो।

आज ६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा १ करोड ३३ लाख कित्ता सेयर किनबेच भयो। कारोबारमा आएका कम्पनीमध्ये २३७ कम्पनीको मूल्य बढ्दा १८ कम्पनी घटेका छन्। म्युचुअल फण्ड बाहेक सबै उप–सूचकमा हरियाली देखिएको छ। इन्भेष्टमेन्ट र जीवन बीमा समूहमा २ प्रतिशतभन्दा बढी वृद्धि र ट्रेडिङ बाहेकका सबै समूहमा १ प्रतिशतभन्दा बढीको वृद्धि दर्ता भयो।

सागर डिस्टिलरी, बन्दीपुर केबल कार, झापा इनर्जीलगायतका कम्पनीहरूमा आज पोस्टिभ सर्किट लागेको छ भने पिपुल्स हाइड्रोपावरको मूल्य ७.६५ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा पर्‍यो।

आजको कारोबार उकालो लाग्नमा एनआरएन इन्फ्रास्ट्रक्चरले एक्लैले ६५ करोडको कारोबार गर्दै अग्रणी भूमिका खेल्यो। त्यस्तै पिपुल्स हाइड्रोपावरको ३४ करोडको कारोबार, अघिल्लो दिनको ४ अर्ब ६५ करोडबाट उकाली लागेको आजको कारोबार वृद्धि गर्न महत्वपूर्ण देखिएको छ।