आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। तोलामा ३५ रुपैयाँले घटेर चाँदी २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ थियो।
