धनतेरसलाई लक्षित गर्दै बिहीबार र शुक्रबार बिक्री हुँदै, प्रतिव्यक्ति २.५ ग्रामको एक असर्फी किन्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार तथा धनतेरसको अवसरमा सर्वसाधारणका लागि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ। बैंकले बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो।

तिहारमा धनतेरसको विशेष महत्त्वलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस वर्ष पनि सुनका सिक्का (असर्फी) बिक्री गर्न लागेको हो। सिक्का बिक्री राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट गरिनेछ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्राम तौलको एक थान सुनको असर्फी र १० ग्राम तौलका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन एक–एक थानका दरले खरिद गर्न पाउनेछन्। एक व्यक्तिले बढीमा दुई थान चाँदीका मेडालियन खरिद गर्न सक्नेछन्।

तिहार र धनतेरसमा सुन तथा चाँदीका सामग्री खरिद गर्ने परम्परालाई ध्यानमा राखेर राष्ट्र बैंकले हरेक वर्ष विशेष अवसरमा यस्ता सिक्का बिक्री गर्दै आएको छ।