मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

वस्तु सञ्चित नगर्न विभागको आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा माग, आपूर्ति र मूल्यमा नकारात्मक असर नपार्ने गरी वस्तु सञ्चित नगर्न आग्रह गरेको छ।

विभागले सोमबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद तथा सञ्चय नगर्न अनुरोध गरेको हो।

सामान्यतया संकट वा असामान्य अवस्थाको आशङ्कामा उपभोक्ताले धेरै वस्तु घरमा राख्ने प्रवृत्ति देखिने भएकाले विभागले आवश्यकता अनुसार मात्र खरिद गर्नुपर्नेमा जोड दिएको छ।

त्यसैगरी कतिपय व्यापारीहरूले पछि महँगोमा बेच्ने उद्देश्यले वस्तु भण्डारण गर्ने सम्भावना रहने भएकाले विभागले निजी क्षेत्रलाई पनि यस्तो गतिविधि नगर्न चेतावनी दिएको छ।

विभागले उपभोक्ता हित र बजार स्थिरता कायम गर्न सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ।