देशभर युवापुस्तामाथि भएको रक्तपात र राज्यको बर्बर दमनले उग्रिएको जनआक्रोशलाई दबाउन सरकारले अब पोखरामासमेत निषेधाज्ञा लगाएको छ।
आज बिहानैदेखि जिल्ला प्रशासन कार्यालय कास्कीले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शहीदचोक र गण्डकी प्रदेशसभा आसपासका क्षेत्रमा निषेधाज्ञा लगाइन्।
सरकार जनताको रगत बगाउँछ, अनि जब जनता आक्रोशित हुन्छन्—उनीहरूको स्वर दबाउन निषेधाज्ञाको ओखती प्रयोग गर्छ।
👉 तर प्रश्न छ : “जनताको आवाज कति दिन निषेधाज्ञाले रोक्छ?”
काठमाडौँमा कर्फ्यु तोड्दै युवाहरूले प्रदर्शन गरिसकेका छन्। अब पोखरामासमेत युवाहरू सडकमा उत्रिने संकेत देखिँदैछ।
निषेधाज्ञाले जनतामा डर होइन, अझै आक्रोश थपेको छ।
शहीदचोक, जहाँ लोकतन्त्रका बलिदानीहरूको स्मृति जोडिएको छ, त्यहाँ नै निषेधाज्ञा लगाउनु जनताको इतिहासमाथिको अपमान हो।
“जनताको रगत बगाउने, आन्दोलन रोक्ने, अनि निषेधाज्ञाले डर देखाउने—यो लोकतन्त्र हो कि अधिनायकवाद?”
“सडक बन्द गरेर न्याय बन्द हुन्छ? कि सरकार आफ्नै पाप लुकाउन व्यस्त छ?”
यो निषेधाज्ञा सरकारको कमजोरीको प्रमाण हो : जनताको रगत बगाउने तर न्याय दिन नसक्ने।
