मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

बिहान ११ बजेसम्म उपत्यकाको नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा मंगलबार भारी वर्षा भएको छ । 

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारी बर्षापछि विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको  छ ।

 

महाशाखाले यी नदी तथा खोलामा बाढी सतर्कता तह नजिक पुगेकाले तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई बिहान ११ बजे सम्म उच्च  सतर्कता अपनाउन आग्रह गरेको छ ।