मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

धनुषामा महिलाको विभत्स हत्या, एक जना पक्राउ

धनुषा जिल्लामा एक महिलाको क्रुर रूपमा हत्या भएको छ। हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दास सोमबार साँझ मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीका अनुसार, उनको शव घरदेखि करिब ५०० मिटर टाढा खेतमा भेटिएको हो। अनुहार र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।

घटनापछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ। साथै, लुटिएको गहना समेत बरामद गरिएको जनाइएको छ। तर, ती गहना कसले लुटेको भन्ने विवरण प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन।

प्रहरीलाई राति करिब ९ बजे घटनाबारे जानकारी प्राप्त भएपछि टोली तत्काल घटनास्थल पुगेको थियो।