मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जेनजी आन्दोलनका क्रममा खटिएका प्रहरीको बयान आजदेखि सुरु

जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको बयान आज (बिहीबार) देखि सुरु भएको छ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि घटनास्थलमा खटिएका प्रहरीहरूको बयान लिन थालेको हो। आयोगका अनुसार फिल्ड इन्चार्जका रूपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरण आयोगमा प्राप्त भइसकेको छ र सोही आधारमा बयान प्रक्रिया अघि बढाइएको छ।

गत २३ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ जना प्रदर्शनकारीको मृत्यु भएको थियो।

यसअघि बुधबार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिएको थियो।