मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मेयर बालेन र वडाध्यक्षबीच स्काउट जग्गा विवादमा तीतो बहस

काठमाडौं– मेयर बालेन शाह र वडाध्यक्षबीच महानगर कार्यपालिकामा घचपच

काठमाडौं महानगरपालिकाको ४३औं नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र ११ नम्बर वडाका अध्यक्ष हिरालाल तण्डुकारबीच विवाद भएको छ। विवादको विषय थियो नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न जग्गा भाडामा लिने प्रस्ताव।

बैठकमा प्रस्ताव पेश भएपछि वडाध्यक्षले आफ्नो आपत्ति जनाउँदै भने– “पहिला महानगरको आफ्नै भवन बनाऔं। हामीले आफ्नो भवन बनाउन सकेका छैनौं, बारम्बार भाडा तिरेर बस्नुपर्ने हुन्छ। नगर प्रहरीको ब्यारेक निर्माण पनि पूरा भएको छैन। पहिले ती काम पूरा गरौं।”

मेयर बालेनले भने कि महानगरको भवन निर्माण कार्य तिहारपछि सुरु हुनेछ। वडाध्यक्षले अदालतमा मुद्दा चलिरहेको बेला स्काउटको जग्गामा सम्झौता गर्नु उचित नभएको पनि प्रश्न गरे।

यसमा मेयर बालेनले प्रतिक्रिया दिँदै भने– “तिहार पछि सुरु हुन्छ। तपाईं त बिहे पनि सक्नुभयो, अब म तिहार कसरी आजै सकाइदिन सक्छु?” वडाध्यक्षले जवाफ दिए– “छिटो सुरु होस् भन्न खोजेको हुँ, नबनोस् भन्न होइन।”

दोहोरो कुरा चलिरहँदा मेयर बालेनले अन्ततः प्रस्ताव नम्बर तीन प्रस्तुत गर्न निर्देशन दिए, र बैठक अघि बढाइयो।