मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

निवर्तमान प्रधानमन्त्री ओलीको खुलासा : “सेनाको ब्यारेकमा रहँदा मेरो मोबाइल सिज गरिएको थियो”

निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सेनाको ब्यारेकमा रहँदा आफ्नो मोबाइल फोन सिज गरिएको खुलासा गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, “राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। तपाईंहरूले जसरी व्याख्या गर्न चाहनुहुन्छ, म सेनाको सुरक्षा घेराभित्र थिएँ। प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मैले मोबाइल लिन पाएको थिइनँ, मेरो मोबाइल सिज गरिएको थियो। त्यसबेलासम्म मैले कसैसँग सम्पर्क गर्न पनि पाएको थिइनँ,” उनले बताए।

ओलीले आफू राजीनामापछि पनि सेनाको निगरानी र नियन्त्रणमा रहेको संकेत गरेका हुन्। उनले यो विषयमा थप स्पष्टता नदिए पनि पत्रकार सम्मेलनमा राजनीतिक परिस्थितिका विषयमा विस्तृत रूपमा धारणा राखेका थिए।