मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

हङकङ सिक्सेसमा सर्वाधिक रन र विकेट दुबै नेपाली खेलाडीको नाममा

हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुबै सूचीमा नेपाली खेलाडी शीर्षस्थानमा परेका छन्।

ब्याटिङतर्फ नेपालका सन्दीप जोराले ५ खेलमा औसत ८८ रनका दरले १७६ रन बनाए। बलिङतर्फ राशिद खानले ५ खेलमा औसत ११.३३ मा ९ विकेट लिए। उनले अफगानिस्तानविरुद्धको एक खेलमा मात्र ४ विकेट झारेका थिए।

१२ टोली सहभागी उक्त प्रतियोगितामा नेपाल ११औं स्थानमा रह्यो भने नेपालभन्दा तल भारत अन्तिम (१२औं) स्थानमा रह्यो। नेपालले प्रतियोगितामा एक मात्र जीत भारतविरुद्ध दर्ता गरेको थियो।

प्रतियोगिताको उपाधि भने पाकिस्तानले कुवेतलाई ४३ रनले पराजित गर्दै हात पारेको छ। योसँगै पाकिस्तानले छैटौं पटक हङकङ सिक्सेस क्रिकेटको उपाधि जित्ने उपलब्धि हासिल गरेको हो।