२३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार नेपालस्थित युरोपेली संघ (इयु)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।

बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त भेटघाट कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको वर्तमान प्राथमिकताका विषयमा जानकारी गराउनेछन्। साथै, नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी सहकार्यका विविध आयामहरूबारे छलफल केन्द्रित हुने बताईएको छ । 

यसअघि चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए।

सो भेटमा सहभागी कूटनीतिज्ञहरूले नेपालको नयाँ सरकारको कार्यदिशाबारे जिज्ञासा राखेका थिए भने प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र सन्तुलित वैदेशिक सम्बन्ध आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।