बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् । उनले सात दलीय गठबन्धन भत्किएर पुरानो पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरे ।
सोमबार रुपन्देहीको क्षेत्र नं. १ मा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले राष्ट्रपति पदमा नेपाली कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार विजयी हुने बताए । उनले नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्तामा रहेको बताए ।
उनले भने, ‘पुस १० गते बनेको अहिलेको ७ दलीय गठबन्धन फागुन १० गते भत्किएर चुनावअघिको ५ दलीय गठबन्धन ब्युतिन्छ ।’
एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने उनले तर्क गरे ।
