मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता, जन्मदिनको शुभकामना र द्विपक्षीय सहयोगबारे छलफल

काठमाडौँ – नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिँदै दुबै देशबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्नुभयो।

वार्तामा प्रधानमन्त्री कार्कीले नेपालको हालको राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै सहयोग र आपसी समझदारीलाई अझ प्रगाढ बनाउने अपेक्षा व्यक्त गर्नुभयो।

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले कार्कीलाई पदभार ग्रहणको शुभकामना दिँदै असल छिमेकीको नातामा आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

दुवै देशका सरकार प्रमुखबीच भएको कुराकानीमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका विषय तथा साझा चासोका मुद्दाहरूमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।