प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, काँकडभिट्टा क्वारेन्टिन कार्यालयमार्फत चालू आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ।
कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने प्रमुख वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा र अम्लिसो रहेका छन्।
चिया : रु. ३७ करोड ९८ लाख ६८ हजार
अलैँची : रु. ३२ करोड ४३ लाख २१ हजार
प्लाइ तथा भेनियर : रु. २६ करोड ८७ लाख
अम्लिसो : रु. ८ करोड ८७ लाख
अदुवा : रु. ६ करोड १० लाख
बन्दा : रु. ४ करोड ७ लाख
मसुरो दाल : रु. २ करोड १३ लाख
सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ६९ करोड १७ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको तथ्याङ्क छ।
आयात हुने प्रमुख वस्तुहरूमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, फलफूल, लसुन, आलु, मकै र पशु दाना रहेका छन्।
