मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

साउनको अन्तिम सोमवार पशुपतिनाथमा भक्तजनको घुइँचो

साउन महिनाको अन्तिम सोमवारको अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको ठूलो भीड लागेको छ।

साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकामना पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास रहेको छ। यही विश्वासका साथ बिहानैदेखि भक्तजनहरू भजन–कीर्तन, नाचगान र शिवपूजामा सहभागी भएका छन्।

साउनको पहिलो सोमवारदेखि निरन्तर व्रत राखी शिवको आराधना गर्दै आएका भक्तजनहरूले आज गोदान, पूर्णपात्रलगायत धार्मिक अनुष्ठान गर्दै व्रत समापन गरेका छन्।