मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मोटरसाइकल मर्मतको रकम विवादले झडप, ६ जना घाइते

मोटरसाइकल मर्मत गरेको रकम नतिरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको छ। घटनामा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहा का अनुसार घटना ६ चैत अपराह्न करिब ४:५० बजे भएको हो। स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच सुरु भएको विवाद चर्किँदै जाँदा झडपमा परिणत भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा खटिएको टोलीले अवस्था नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार कुटपिटमा सलमान पक्षका ४ जना र हासिम पक्षका २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार सलमान पक्षका घाइते हुनेमा अन्दाजी ४० वर्षीया भुटनी खातुन (टाउको र दाहिने हातमा मध्यम चोट), ३५ वर्षीय रहमद दफाली (टाउको र दाहिने हातमा चोट), ५८ वर्षीय इरफान मियाँ (टाउको, दाहिने हात र गर्दनमा मध्यम चोट) र २६ वर्षीय लालबाबु मियाँ (टाउको र दाहिने हातमा चोट) रहेका छन्।

त्यस्तै, हासिम पक्षका १९ वर्षीय अरमान हुसेन (टाउकोमा मध्यम चोट) र आरिफ दफाली (बायाँ हातमा चोट) घाइते भएका छन्।

घाइतेमध्ये भुटनी खातुनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य सबै घाइतेको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।