नेपाली बजारमा सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मङ्गलबार) सुनको मूल्य तोलामा १,३०० रुपैयाँले बढेर दुई लाख २३ हजार रुपैयाँ पुगेको छ। यसअघि हिजो सुनको मूल्य तोलामा दुई लाख २१ हजार सात सय रुपैयाँ थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर रेकर्ड तोड्दै आएको छ।
चाँदीको मूल्य पनि आज नयाँ कीर्तिमान बनाएको छ। तोलामा २० रुपैयाँले बढेर दुई हजार सात सय रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य तोलामा दुई हजार छ सय ८० रुपैयाँ थियो।
