नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको छ। अस्ति (शुक्रबार) सुनको मूल्य २ लाख ३७ हजार ४ सय रुपैयाँ प्रति तोला थियो।
त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर आज ३ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अस्ति चाँदीको मूल्य ३ हजार २० रुपैयाँ प्रति तोला थियो।
