मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

इजरायलको गाजा शहरमा स्थलगत आक्रमणको प्रारम्भिक चरण

इजरायली सेनाले गाजा शहरमा योजनाबद्ध स्थलगत आक्रमणको पहिलो चरण शुरु गरेको जनाएको छ। बीबीसीका अनुसार इजरायलले गाजाका सबै क्षेत्र कब्जा गर्ने दीर्घकालीन योजनाअन्तर्गत प्रारम्भिक सैन्य कारबाही अघि बढाएको हो।

गाजाको बाहिरी भागमा पहिले नै नियन्त्रण स्थापित गरिसकेको इजरायलले आगामी महिना शुरुमा करिब ६० हजार सैनिक परिचालन गर्ने योजना बनाएको छ। उक्त कारबाहीलाई हाल गाजामा हमासद्वारा पक्राउ गरिएका सैनिक, कर्मचारी तथा नागरिकको उद्धार अभियानसँग पनि जोडिएको बताइएको छ।

हमासले भने इजरायलमाथि निर्दोष नागरिकविरुद्ध क्रूर युद्ध संचालन गरेको र यसले युद्धविराम सम्झौतामा बाधा पुर्‍याएको आरोप लगाएको छ।

इजरायलको योजनाले गाजाका लाखौँ नागरिकलाई दक्षिणी क्षेत्रमा रहेको अस्थायी आश्रयस्थलमा जान बाध्य पार्ने आशंका गरिएको छ। यसबारे फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले चेतावनी दिँदै यस्तो कदमले दुवै पक्षका नागरिकलाई अझ ठूलो संकटमा पार्ने र क्षेत्रलाई स्थायी युद्धको चक्रमा फसाउने जोखिम बढाउने बताएका छन्।

यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस समितिले गाजाको २१ लाख जनसङ्ख्यामाथि थप विस्थापन र हिंसात्मक संघर्षको चपेटाले विनाशकारी अवस्था झन् गहिरो बनाउने चेतावनी दिएको छ। गत महिना युद्धविराम र बन्धक मुक्तिको अप्रत्यक्ष वार्ता विफल भएपछि इजरायल सरकारले सम्पूर्ण गाजा पट्टी कब्जा गर्ने आफ्नो योजना सार्वजनिक गरेको हो।