जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये हालसम्म ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले दिएको जानकारीअनुसार नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना हैजा सङ्क्रमितको उपचार भइरहेको छ।
हाल नयाँ बिरामी भर्नादर भने घट्दै गएको छ। झाडापखाला र हैजाका शङ्कास्पद बिरामीहरूको सङ्ख्या पनि क्रमशः कम हुँदै गएको स्वास्थ्य कार्यालयले जनाएको छ।
