मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

पर्सामा हैजा सङ्क्रमण १९०, वीरगञ्ज र पोखरियामा सतर्कता

पर्सामा हालसम्म १ सय ९० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएको हो। कुल सङ्क्रमितमध्ये १ सय ७४ जना उपचारपछि निको भइसकेका छन्।

वीरगञ्ज र पोखरियामा पनि हैजा फैलिएको छ। वीरगञ्जमा झाडापखालासहित ९ सय २० जना बिरामी उपचार गराइरहेका थिए, जसमध्ये ८ सयभन्दा बढी उपचारपछि घर फर्किसकेका छन्।

हैजाका नयाँ बिरामी देखिने क्रम अझै रोकिएको छैन। संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रमा जनचेतना अभिवृद्धि र सरसफाइका कार्यक्रमहरू सञ्चालन भइरहेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ।